अब न्याए दिने पालो गोबिन्द केसिको मागलाइ, सरकारले गरेको गलत निर्णय उल्टिन सक्छ, अदालत सत्यको लागि हो


PREV ARTICLE NEXT ARTICLE
नमन देवकोटा
आदरणीय प्रधानन्यायाधीश ज्यु, हजुरलाइ अबगत नै छ यो दुई तिहाइको घमन्ड बोकेको सरकारले गोबिन्द केसिलाइ अन्याए गरेर सम्झौता बिपरित मेडिकल शिक्षा ऐन पास त गर्यो तर येस्ले गोबिन्द केसि मात्र नभै ३ करोड नेपालिलाउ घात गरेको छ । ३ करोड नेपालिलाइ लात हानेको छ । सरकारले गरेका हरेक गलत निर्णयलाई अदालतले पुन निर्णय गर्न मिल्ने प्रावधान छ किनकी अदालत जनताको लागि हो अनि न्याएका लागि हो। तेसैले प्रधानन्यायाधीश ज्यु, हजुरलाइ बिनम्र अनुरोध छ सरकारको घमन्डलाइ देखाइदिनुहोस कि नेपालमा न्याए जिवित नै छ भनेर।

तलका बुँदामा जानुस् त न्यायाधीश ज्यु एकपटक
१) एकछिन् भए पनि एउटा विशुद्ध मानवका रुपमा आफूलाई उभ्याउनुस् ।
२) एकछिन् हावाजस्तो स्वतन्त्र बहनुस् ।
३) डा. केसीले उठाएका माग खुला दिमाग र आफ्ना आँखाले पढ्नुस् ।
४) एकछिन् आँखा चिम्लेर सोच्नुस् डा. केसीको आन्दोलन के हो माग के हुन् ?
५) सक्नुभयो भने ती माग तपाइँलाई आफ्ना र आफ्ना सन्ततीका लागि नै हुन् भन्ने लाग्छ ।
६) तपाइँलाई स्पष्ट हुन्छ– यी सबै माग डा. गोविन्द केसीका हैनन्, तपाइँका हुन्, तपाइँका प्रतिनिधिका हुन् ।
७) यो पनि स्पष्ट हुन्छ, डा. केसीले उठाएका माग सच्चा समाजवादी सोच र विशुद्ध कम्युनिष्ट चिन्तन तथा चरित्रले भरिएका छन् ।
८) तपाइँलाई झन् स्पष्ट हुन्छ– सौह्रौं पटकसम्म डा. केसी आफ्ना लागि भुइँमा लडेका हैनन्, त्यसका लागि लडेका हुन् जसका लागि लडिदिने कोही छैन ।

यदि तपाइँले तपाइँभित्रको ‘म’ जसलाई सत्व भनिन्छ, जसले आफू छु र आफू हुँ भन्ने बोध गराउँछ, त्यसलाई बचाएर राख्नु भएको छ भने तपाइँले पनि त्यही देख्नु हुन्छ जे मैले देखेको छु ।

यदि तपाइँले तपाइँभित्रको ‘म’लाई अरु कसैको दास बनाउनु भएको छ भने तपाइँले पनि त्यही देख्नु हुन्छ जे ती ‘मेडिकल माफिया’ले देखेका छन् ।

न्यायाधीश ज्यु,
आज सबैभन्दा पहिला आफैंलाई प्रश्न गर्नु पर्छ– को हुन् बी एण्ड सी अस्पतालका मालिक दुर्गा प्रसाइँ ? कहाँबाट आयो दशौं अरबौ रुपिया ? कसरी बन्यो त्यो अरबौको अस्पताल ? के हो उनको हैसियत ? के हो उनको योग्यता ? एउटा मेडिकल कलेज संचालनका लागि चाहिने योग्यता के हो ? त्यसको अभावमा भोलि त्यहाँबाट उत्पादन हुने जनशक्ति कस्तो हुन्छ ? त्यसले भोलि जनस्वास्थ्य र समग्र देशको विकास र पद्धतिमा कस्तो असर पार्छ ?

देशको प्रमुख दलभित्र प्रवृत्तिको विकासले भोलि त्यो दललाई कहाँ पुर्‍याउँछ ?
हो न्यायाधीश ज्यु, काँग्रेस वा कम्युनिष्ट जे हुनुस्, आफूलाई सच्चा कार्यकता ठान्नु हुन्छ, देशको एउटा सचेत नागरिक मान्नु हुन्छ र यो देशलाई बचाउनु पर्छ भन्ने सच्चा राष्ट्रवादी सोच राख्नु हुन्छ भने आफ्ना नेतालाई सोध्न सक्नु पर्छ– को हुन् अजय सुमार्गी ? को हुन् उपेन्द्र महतो ? को हुन् दूर्गा प्रसाइँ ? देशविदेशका बैक खातामा कसरी जम्मा भयो त्यत्रो पौसा ? कहाँबाट आयो त्यो पैसा ? किन लुट्यौ, किन लुटायौ मेरो देश ?

एउटा इमान्दार नेताका लागि मातृभूमि र जन्मदिने माता एकै हुन् । मातृभूमिप्रति घात गर्नु भनेको आफ्नी आमलाई घात गर्नु हो ? फेरी पनि अनुरोध गर्छु, फेरी पनि यो सरकारको नेतालाई अनि ओलिलाइ प्रश्न गर्नुस्– किन यसरी घात गर्‍यौ मेरो मातृभूमिलाई ?

Add Comment